झापा । दमक-७ पूर्वपश्चिम राजमार्गमा बुधबार साँझ यात्रुवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
दमकबाट केर्खातर्फ जाँदै गरेको मे१ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्र ०१-०२-०५२ प २२११ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मिलन थापा गम्भीर घाइते भएका थिए ।
उपचारका लागि आर्य न्युरो अस्पताल विराटनगर लगिएकामा निजको उपचारका क्रममा मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। दुर्घटनापछि बस चालक झापाको गौरादह-४ बस्ने सरकार टुडु र दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।







