२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परिकल्पना गरेअनुसार पूर्वाधार विकास भइरहेको छ : उपप्रधानमन्त्री सिंह

अ+ अ-

गोदावरी (कैलाली) । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा वर्तमान सरकारले परिकल्पना गरेअनुसार काम भइरहेको बताएका छन् । 

आज गोदावरी नगरपालिका–३ चौकीडाँडामा एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन प्रणालीको उद्घाटन  कार्यक्रममा उनले देशभरको पूर्वाधार विकास निर्माणमा संघीय सरकार, स्थानीय तह र दातृनिकायको सहयोगमा उल्लेख्य काम भइरहेको बताए।

सरकारले नयाँ सहर निर्माणका लागि एकीकृत सहरी खाका तयार गरी अघि बढिरहेको उनले बताए । उनले देशका १८५ वटा नगरपालिकाको एकीकृत सहरी योजना तयार पारिएको जानकारी दिए।

उनका अनुसार तराई मधेसका सहरको आर्थिक अवस्था चलायमान बनाउन सहरी विकास मन्त्रालयले सो क्षेत्रका नगरपालिकामा एक हजार किलोमिटर बढी सडक र ढल निर्माण गरिरहेको छ ।

उपप्रधानमन्त्री सिंहले मन्त्रालयले आवास विहीनका लागि जनता आवास निर्माण र सुरक्षित आवास निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । 

सुदूरपश्चिममा उक्त परियोजना नमूनाको रूपमा रहेको बताउँदै उनले एकीकृत फोहोरमैला व्यवस्थापन, दिसाजन्य पदार्थ प्रशोधन प्रणालीले गोदावरी नगरपालिकालाई सफा र व्यवस्थित सहरका रूपमा चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

एसियाली विकास बैंक (एडिबी)को ऋण अनुदान सहयोग र नेपाल सरकारको सहकार्यमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीको संयोजनमा निर्माण गरिएको सो केन्द्र रु ५२ करोड ८४ लाखको लागतमा सम्पन्न भएको हो । 

उक्त परियोजनामा ७५ प्रतिशत रकम एडिबीको ऋण र बाँकी २५ प्रतिशत नेपाल सरकारको लगानी छ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको ठेक्का चीनको सिचुवान प्रोभेन्सियल जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सलाई दिइएको थियो । झण्डै पाँच हेक्टर क्षेत्रफलमा फैलिएको सो केन्द्र तीन वर्षसम्म निर्माण कम्पनीकै व्यवस्थापनमा रहनेछ भने उक्त अवधिपछि गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ ।

सो केन्द्रले दैनिक १३।५ टन फोहोर व्यवस्थापन र प्रतिदिन १३ घन मिटर दिसाजन्य फोहोर प्रशोधन गर्ने सहरी विकास भवन निर्माण विभागका महानिर्देशक बज्रकाजी महर्जनले बताए।