२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पतञ्जली जग्गा प्रकरणमा पूर्व मुख्यसचिवसहित दर्जनौँ कर्मचारीमाथि भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । पतञ्जली जग्गा प्रकरणमा सबै भन्दा बढी कर्मचारी मुछिएको पाइएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

उक्त मुद्दामा पूर्व मुख्यसचिव, सचिव, उपसचिव, अधिकृत र सुब्बासहित दर्जनौँ  कर्मचारीको संलग्नता रहेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । 

अख्तियारले छुट्टाछुट्टै कसुर किटान गरी उनीहरुविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गर्दै बिहीबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको प्रवक्ता पौडेलले बताए ।

यी हुन भ्रष्टाचार मुद्दामा मुछिएका सरकारी कर्मचारी
मुद्दा दायर हुनेमा तत्कालीन मुख्यसचिव स्वर्गीय माधवप्रसाद घिमिरेको हकमा उनकी श्रीमती कमला घिमिरे, भूमिसुधार सचिव छविराज पन्त लगायत छन् । यसैगरी तत्कालीन सहसचिवहरू जितबहादुर थापा र लालमणि जोशीविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

यसैगरी तत्कालीन कानुन उपसचिव कलानिधि पौडेल, गान्धीप्रसाद सुवेदी, भुपेन्द्रमणि केसी, तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँ र तत्कालीन उपसचिव राजाराम थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

यस्तै तत्कालीन शाखा अधिकृत सिताराम पोखरेल, तत्कालीन नायब सुब्बा बुद्धिबहादुर कार्की र तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर देशार, केदारनाथ भट्टराई, खरिदार मोहनराम शर्मा, मालपोत अधिकृत जनार्दन गुरागाईँ, बेदप्रसाद अर्याल, शिवहरि शर्मा सुवेदी, नायब सुब्बा विनोद कोइराला लगायत छन् । यसैगरी तुलामणि राजभण्डारी, कृष्णप्रसाद सापकोटा, खरिदार हरिप्रसाद हुमेगाईंविरुद्ध पनि मुद्दा दायर भएको छ । 

भ्रष्टाचार मुद्दामा मुछिएका अन्य संस्थाका कर्मचारी
गुठी संस्थान काभ्रेका तत्कालीन कायम मुकायम प्रमुख कृष्णहरि भट्टराई, वरिष्ठ सहायक पवन आचार्य, फाँटवाला माधव प्रसाद होमागाईं विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । यसैगरी सनराइज बैंकका जुनियर म्यानेजमेन्ट ट्रेनी यशु मैनाली, उप प्रबन्धक मनोज न्यौपाने, वरिष्ठ सहायक विक्रान्त कोइराला, प्रमुख व्यवस्थापक रविन कुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख सञ्जयकुमार सिद्धी, अनुपालन विभागका सुनिलरत्न स्थापित र नायक महाप्रबन्धक बलराम विष्ट विरुद्ध पनि अख्तियार मुद्दा चलाएको छ ।

यस्तै पतञ्जलि योगपिठ तथा आयुर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका संस्थापक सदस्य शालिग्राम सिंह, भोजराज शर्मा वाग्ले, जीवनराज कँडेल, ध्रुवराज थापा, मनु घिमिरे, ओमप्रकाश वंश, भिमदत्त जोशी, विरेन्द्रलाल श्रेष्ठ र लक्ष्मण कार्कीविरुद्ध पनि मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

पतञ्जली जग्गा प्रकरणमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेका ९३ मध्ये उल्लेख्य संख्यामा सरकारी कर्मचारी परेका छन्, जसमा पूर्व मुख्य सचिवदेखि विभिन्न तहका कर्मचारीसम्मको संलग्नता देखिएको छ। यसले देखाउँछ कि सरकारी संयन्त्रभित्रै मिलेमतोमा भूमि हिनामिना गरिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सदुपयोगमा जिम्मेवार ठानिएका उच्च तहका अधिकारीहरू स्वयं विवादमा मुछिनु शासन प्रणालीमै गम्भीर प्रश्न उठ्ने विषय हो। यो प्रकरणले नेपालमा संस्थागत भ्रष्टाचारको जरो अझै गहिरो रहेको संकेत दिएको छ, जसलाई निर्मूल पार्न निष्पक्ष छानबिन, कठोर कानुनी कारबाही र पारदर्शिता अपरिहार्य देखिएको छ।