काठमाडौँ । गृह मन्त्रालयको कर्मचारी भन्दै धम्क्याएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाको नैनादेवी गाउँपालिका-७ का ५७ वर्षीय भक्तबहादुर रायमाझी छन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्सालबाट पक्राउ गरेको हो । उनले गृहको कर्मचारी भन्दै नक्कली परिचय दिएर धम्क्याएको आरोप छ ।
उनले प्रहरी कार्यालयमा समेत फोन गर्दै धम्की दिने गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।







