२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेक एन्ड पे पीपीए संशोधन नभए ‘ब्ल्याक आउट’ गर्ने ऊर्जा उत्पादकको चेतावनी

अ+ अ-

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले टेक एन्ड पे पीपीएको निर्णय फिर्ता नभए आन्दोलनमा जाने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको टेक एन्ड पे (लिएपछि मात्रै तिर) प्रावधान अनुसार विद्युत् खरिद सम्झौता गर्ने घोषणा विरुद्ध ऊर्जा उत्पादक चरणबद्ध आन्दोलन तयारीमा जुटेका हुन् ।

नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको अनुमतिपत्रवाहक प्रवर्द्धकहरूको भेलामा उनीहरूले सरकारले यो बुँदा नसच्याए चरणबद्ध आन्दोलन अघि बढाउँदै ‘ब्ल्याक आउट’ सम्म जाने चेतावनी दिए ।

टेक एन्ड पे मात्रै नभएर आयोजना बनिसकेपछि कन्टिन्जेन्सी पीपीएमा हस्ताक्षर गराएर वर्षौंसम्म विद्युत् नकिन्ने, निर्माण गर्दा पूँजी चाहिने आयोजनालाई बत्ती बालिसकेपछि मात्रै सेयर जारी गर्न दिने, अर्बौँ रुपैयाँ ऋण लिएर बत्ती बालेका आयोजनालाई सुरुमै ९० प्रतिशत नेटवर्थका कुरा ल्याएर आईपीओ ल्याउन नदिने, ढिलो बत्ती बल्दा प्राधिकरणलाई नै फाइदा हुने भए पनि प्रवर्द्धकलाई पेनाल्टी लगाउन व्यापारिक विद्युत् उत्पादन मिति थप नगर्ने, वनले अध्ययन सहमति नदिँदा आयोजना निर्माणमा ढिलाइ हुँदा पनि आयोजनाको लाइसेन्स म्याद नथप्ने लगायत कामले ऊर्जा क्षेत्रलाई नियोजित रूपमै सिध्याउन लागेको हो कि भन्ने भान हुन थालेको भेलामा सहभागी प्रवर्द्धकले बताए ।

यी सबै विषय लिएर सुरुमा मन्त्री/प्रधानमन्त्री भेटेर ज्ञापन पत्र बुझाउने, त्यसपछि पनि नभए जलविद्युत्मा संस्थापक साधारण सेयर लगानी गरेका लगानीकर्ताको भेला गरी धर्ना दिने र त्यसपछि पनि सरकारले माग सम्बोधन नगरे विद्युत् उत्पादन बन्द गरी बत्ती बन्द गर्ने उनीहरूको चेतावनी छ ।

भेलालाई सम्बोधन गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले यी विषय सम्बोधनका लागि अब निर्णायक आन्दोलनभन्दा अर्को विकल्प नदेखेको बताएका छन् ।

बजेटको एउटा बुँदामा आएको एउटा सानो वाक्यले १७ हजार मेगावाट क्षमताका आयोजनाको भविष्य नै अन्योलमा परेको र यसमा भएको ६६ अर्ब रुपैयाँभन्दा बढी लगानी जोखिममा परेको बताए ।

अर्थमन्त्री, ऊर्जामन्त्री, ऊर्जा सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुखले टेक एन्ड पेको विषय बजेटमा कसरी आयो भन्नेमा आफूलाई जानकारी नै नभएको बताएको उनले बताए ।

आधिकारिक निकायबाट प्रस्ताव नगए पनि पावर र पहुँचका आधारमा मौखिक प्रस्तावमै ऊर्जा क्षेत्रलाई सिध्याउने कुरा बजेटमा राखिएको उनको भनाइ छ ।