२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब तीन गुणा बढाउन माग 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि निजामती कर्मचारीलाई प्रोत्साहन आवश्यक भएको बताएका छन्। 

राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल गर्दै उनले बढ्दो महंगीलाई ध्यानमा राखेर कर्मचारीको तलब दोब्बर बनाउनुपर्ने बताए। 

‘कर्मचारीले काम गरेनन्, भ्रष्ट भए भन्ने सुनिन्छ, के साँच्चै कर्मचारी भ्रष्ट छन् महँगी र कालोबजारी छ, प्रहरी, सेना र निजी क्षेत्रको तलब तुलना गरौँ, त्यो तलबले खर्च पुग्छ ? त्यसैले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि तलब दोब्बर वा तीन गुणा बढाउनुपर्छ,’ उनले भने।

उनले आगामी आवको बजेट राम्रो र सन्तुलित भएको तर प्रभावकारी कार्यान्वयनका लागि सशक्त अनुगमन संयन्त्र चाहिने बताए। ‘बजेट सत्तारुढ दलको दस्ताबेज मात्र होइन, यो राष्ट्रिय आकांक्षाको प्रतीक हो,’ उनले भने, ‘यो तथ्य र रकम मात्र नभई देशको भविष्य देखाउने दिशामा अग्रसर छ, जनअपेक्षा अनुसार कार्य पूरा गर्ने प्रतिबद्धता चाहिन्छ।’

उनले नारायणगढ-मुग्लिङ सडकखण्ड देशको ‘लाइफलाइन’ भएको तर अर्बौँ खर्चिए पनि निर्माण पूरा नहुने र बाढी पहिरोले अवरुद्ध हुने अवस्था अन्त्य गर्न वैकल्पिक मार्ग आवश्यक भएको बताए।