काठमाडौँ । अघिल्ला दुई साता बढेको सेयर बजार यो साता १.९६ प्रतिशत घटेको छ । यो साता बजारको परिसूचक नेप्से ५३ अंक घटेको हो । गत साता २६९३ अंकमा बन्द भएको बजार यो साता २६४० मा झर्यो ।
बजारसँगै कारोबार रकम पनि घट्दै गएको छ । पहिलो दिन आइतबार सार्वजनिक बिदाका कारण बन्द भएको बजार सोमबार जम्मा १.६० अंक बढ्यो । मंगलबार ३५.७३, बुधबार ११.९७ र बिहीबार ५.९९ अंक घट्यो ।
सोमबार ९ अर्ब २२ करोडको कारोबार भएकोमा मंगलबार ६ अर्ब ६७ करोडको भयो । बुधबार ५ अर्ब १६ करोडमा खुम्चिएको कारोबार बिहीबार ७ अर्ब ९७ करोडको भएका छ।







