२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बहु धर्मले हाम्रो समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेको छ’-उपाध्यक्ष घिमिरे

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र संवर्द्धन तथा सशक्तिकणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुने विश्वास व्यक्त गरेकी छन् ।

ईद उल अज्हा (बकर इद)को अवसरमा आज सम्पूर्ण इस्लाम धर्मावलम्बीलाई सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं प्रगतिको शुभकामना दिँदै उनले सन्देशमा भनेकी छन्, “बकर इद त्याग, समर्पण र बलिदानको पर्यायका रूपमा मनाइने पर्व हो र यो पर्वले सेवा भावका कार्य आत्मसात् गर्दै सहिष्णुता, आपसी सद्भाव, भावनात्मक एकता र भाइचारा सम्बन्ध विकास गर्न सहयोग पुग्ने विश्वास लिएको छु ।” असहाय, गरिब र विपन्न परिवारलाई अनिवार्य रूपमा सहयोग गर्नुपर्ने मान्यता मुस्लिम दर्शनमा छ । जसलाई उदाहरणीय रूपमा लिइन्छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको उल्लेख गर्दै उपाध्यक्ष घिमिरेले बहु धर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेको बताएकी छन् । उनले भनेकी  छन्, “हामीले संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि राष्ट्रिय मुस्लिम आयोगको गठनसँगै मुस्लिम समुदायको समस्या समाधान गर्न र थप अधिकार प्राप्त गर्न उपलब्धिमूलक बन्दै गएको विश्वास लिएको छु ।”