२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा

अ+ अ-

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा वितरण गरेको छ । गाउँपालिकाभित्रका एकल महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित गाउँपालिकाले बाख्रा वितरण गरेको हो ।

गाउँपालिकाभित्रका सात वटा वडाका चार–चार एकल महिला छनोट गरी प्रत्येकलाई एक–एक वटाका दरले बाख्रा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार पालिकाभित्र एकल महिलाको सङ्ख्या चार सय ५२ जना रहेकामा निम्न आय भएका २८ जना महिला छनोट गरी बाख्रा वितरण गरिएको जानकारी दिए ।

उनले भने, “एकल महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित बाख्रा पालनतर्फ प्रोत्साहन गरेका हौँ । यसले उनहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्नेछ ।” बाख्रा खरिदका लागि पालिकाले प्रति महिला रू. १२ हजार सहयोग गरेको अधिकारीले बताए।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एकल महिलालाई बाख्रा वितरणका लागि पालिकाले रू. तीन लाख बजेट विनियोजन गरेको जानकारी दिए । उनले एकल महिलालाई आर्थिक रूपमा सशक्त बनाउन र जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यसहित बाख्रा वितरण गरिएको बताए ।

एकल महिला सिर्जना विकले पालिकाले अनुदानमा बाख्रा वितरण गरेकाले बाख्रा पालनतर्फ आत्मनिर्भर बन्ने प्रयास गर्ने बताए। उनले भने, “यसले बाख्रा पालनतर्फ अगाडि बढ्न प्रोत्साहित गरेको छ ।”