२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत–बेलायतको व्यापार सम्झौताको भारतद्वारा प्रशंसा

अ+ अ-

नयाँदिल्ली । भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले बेलायतसँगको व्यापार सम्झौता वास्तवमै कोसेढुङ्गा भएको र यसले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने बताएका छन् । 

भारत र बेलायतबीच गत फेब्रुअरीमा पुनः वार्ता सुरु भएपछि गत महिना लामो समयदेखि रोकिएको स्वतन्त्र व्यापार सम्झौता भएको थियो ।

युरोपेली संघबाट बेलायत बाहिरिए (ब्रेक्जिट)देखि नै बेलायतले विश्वभरि नै व्यापारिक सम्बन्धलाई मजबुत बनाउने प्रयास गरेको छ । यो आवश्यकता संयुक्त राज्य अमेरिकाले कमजोर आर्थिक वृद्धिको जोखिम निम्त्याउने विश्वव्यापी कर वृद्धि लागू गरेपछि थप दबाबमा परेको थियो।

“भारत–बेलायतबीच स्वतन्त्र व्यापार सम्झौताको अहिले नै निष्कर्ष के देखिएको छ भने यो वास्तवमै एउटा कोसेढुङ्गा हो, जसले हाम्रो दुईतर्फी व्यापार र लगानीलाई अगाडि बढाउने मात्र होइन, द्विपक्षीय सम्बन्धका अन्य रणनीतिक पक्षहरूमा पनि सकारात्मक प्रभाव पार्नेछ,” दुई दिने भ्रमणमा रहेकी ल्यामीलाई भेटेपछि भारतीय अर्थमन्त्री जयशंकरले भने ।

“यसले आपूर्ति र मूल्य श्रृंखलाको सुदृढीकरणमा पनि योगदान पुर्‍याउँछ,“ उनले थपे । 

यो सम्झौताले भारतमा ह्वीस्की, श्रृङ्गारका सामान र मेडिकल उपकरणसहित बेलायती सामानहरूको आयातमा कर कटौती गर्नेछ।

 बदलामा बेलायतले भारतबाट लत्ताकपडा, जुत्ताचप्पल र फ्रोजन प्राउनलगायत खाद्य वस्तुको आयातमा कर कटौती गर्ने भएको छ ।

बेलायत र भारत क्रमशः छैटौँ र पाँचौँ ठूलो वैश्विक अर्थव्यवस्था हुन्, जसको व्यापार सम्बन्ध लगभग ४१ अर्ब पाउन्ड (५४.८ अर्ब डलर) छ र लगानीले दुवै देशहरूमा छ लाखभन्दा बढी रोजगारीलाई समर्थन गर्दछ।

स्वतन्त्र व्यापार सम्झौताले उनीहरूबीचको व्यापारमा लगभग २५.५ अर्ब पाउन्डको वृद्धि गर्नुका साथै बेलायती अर्थव्यवस्था र ज्यालालाई बढावा दिने आशा गरिएको छ । बेलायतको पूर्ववर्ती कन्जरभेटिभ प्रशासनको पालामा रोकिएको वार्ता गत फेब्रुअरीमा पुनः सुरु भएको थियो ।

ल्यामीले आफ्नो भ्रमणअघि भारतसँगको सम्झौता ‘आफ्नो महत्वाकाङ्क्षाको सुरुवात मात्र’ भएको बताएका थिए ।