काठमाडौँ। जुवातास खेलेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-३ सामाखुसी रानीबारीबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको हो ।
५८ वर्षीय डम्बर लामाले आफ्नै घरमा सञ्चालन गरेको खुसी किचेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय रुपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।







