२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दबाब र प्रभावबाट माथि उठेर काम गर्न धितोपत्र बोर्डलाई अर्थमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । कसैको दबाब प्रभावमा नपर्न र त्यसबाट माथि उठेर काम गर्न उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएका हुन् । 

आइतबार बोर्डको ३३औँ वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री पौडेलले राम्रो गर्नेलाई प्रोत्साहन र गल्ती गर्नेलाई दण्डित गर्ने नीति अबलम्बन गर्न बोर्डलाई निर्देशन दिएका हुन् ।

‘पुँजी बजारको विकास र विस्तारमा धितोपत्र बोर्डको भूमिका अपरिहार्य छ । यसकारण कसैको दबाब र प्रभावबाट माथि उठेर काम गर्नुस्,’ उनले भने, ‘राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई दण्डित गर्नुहोस् ।’ 

सरकारले धितोपत्र बोर्डको क्षमता र भूमिकामा गुणात्मक सुधार चाहेकाले सोहीअनुसार काम गर्न उनको निर्देशन थियो ।

‘सेयर बजारमा भित्री कारोबार, सेयर कर्नरिङ, कारोबारमा पारदर्शिता लगायत धेरै समस्या छन्, त्यस्ता कारोबार नियन्त्रणका लागि बोर्डले शून्य सहनशीलताको नीति अपनाओस्,’ अर्थमन्त्री पौडेलले भने । 

धितोपत्र बोर्डको काम कारबाहीलाई लगानीकर्ताको भरोसा जगाउने गरी काम गर्नुपर्ने उनको भनाइ थियो ।

सेयर बजारको विकास र विस्तार क्रममा नयाँ नयाँ औजार भित्र्याउनका लागि पनि बोर्डले भूमिका खोल्नुपर्ने उनले बताए ।