२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक व्यवस्थापन गर्न यातायात मजदुर र व्यवसायीले गरे १६ बुँदे प्रस्ताव पेश

अ+ अ-

काठमाडौँ । उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि यातायात मजदुर तथा व्यवसायीहरूले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयसमक्ष १६ बुँदे साझा प्रस्ताव प्रस्तुत गरेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई पेश गरिएको प्रस्तावमा पिक एन्ड ड्रप तथा पार्किङको पुनर्व्यवस्थापन गर्ने, ट्राफिक संकेत तथा चिन्हहरू व्यवस्थापन, ट्राफिक प्रहरी र मजदुरहरूको कार्यशैली र बोली व्यवहारमा सुधारका लागि अभियान सञ्चालन गर्ने उल्लेख छन् ।

यातायात मजदुर व्यवसायीहरूको तर्फबाट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्ताव प्रस्तुतपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले ट्राफिक, यातायात मजदुर व्यवसायीबीचको सहकार्य र साझा कार्यक्रमले मात्रै ट्राफिक व्यवस्थापन हुने बताए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्षहरू सरोज सिटौला र हरिशरण केसी, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीप केसी, नेपाल यातायात मजदुर संघका महासचिव जगन्नाथ गौतमले समेत सुझाव प्रस्तुत गरेका थिए ।

त्यस्तै एसएसपी अधिकारीले सडकमा काम गर्ने मजदुरहरू, चालक, सहचालकहरूसँग अन्तरक्रिया गर्न खोजिरहेको बताएका छन् ।

प्रस्ताव :
१. पिक एण्ड ड्रप तथा पार्किङको पुनः व्यवस्थापन गर्ने ।
२. ट्राफिक संकेत तथा चिन्हहरू व्यवस्था गर्ने (जसका लागि महानगरपालिका, यातायात व्यवस्था विभाग, सडक विभाग, प्रदेश सरकार र संघ सरकारसँग प्रस्ताव गर्ने) ।
३. कार्यशैली र बोली व्यवहारमा सुधार ल्याउन (ट्राफिक र मजदुरको) अभियान गर्ने ।
४. सार्वजनिक यातायात क्षेत्रमा हुने महिला हिंसा अन्त्यका लागि संयुक्त अभियान गर्ने ।
५. कारबाहीका क्रममा जफत गरिएका कागजात फिर्ताका लागि सहजीकरण गर्ने ।
६. २४ घण्टाभित्र पुनः जरिवाना गर्न नपर्ने ऐनको व्यवस्थालाई कार्यान्वयन गर्ने ।
७. बैंकिङ प्रक्रियालाई बिदाको दिन समेत सेवा लिन सकिने गरी व्यवस्था गर्ने ।
८. सवारी मर्मत गर्न जाँदा, ग्यारेज जाँदा वा उपत्यकाभित्र पटके वा बाटो इजाजत पत्र नलिई सवारी चलाएको कसुरमा जरिवाना नगर्न सबै ट्राफिक प्रहरी इकाईहरूमा सूचना प्रवाह गर्ने ।
९. एकै समय, एकै रुटमा विभिन्न सडकहरूमा चेकजाँच गर्दा ट्राफिक जाम, सडक दुर्घटनाको जोखिम, समयको दबाब र मानसिक तनाव हुने हुँदा सुरुको जाँचपछि क्लिनचिट दिने व्यवस्था गर्ने ।
१०. ब्लाइण्डस्पोट, मोड र अप्ठेरा स्थानमा ट्राफिक चेकजाँच गर्ने कार्य रोक्ने ।
११. जरिवाना गर्ने सन्दर्भमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ को व्यवस्थालाई कार्यान्वयन गर्ने ।
१२. सवारी चालक अनुमतिपत्र विना सवारी चलाउने, मापसे तथा लापसे गरेर काम गर्नेलाई पूर्णतया अन्त्य गर्ने । त्यसका लागि अभियान सञ्चालन गर्ने ।
१३. सरकारद्वारा निर्धारित भाडा मात्र लिने, सो विषयमा गुनासो आउनै नदिने गरी काम गर्ने ।
१४. २०८२ को वर्षलाई सडक सुरक्षा सचेतना अभियान विशेष वर्ष घोषणा गर्दै अभियान सञ्चालन गर्ने ।
१५. उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने ।
१६ .उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि कार्यदल गठन गर्ने ।