काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार २ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमौली घर भएका हाल ललितपुरमा बस्दै आएको ५१ वर्षीय सूर्य नारायण श्रेष्ठ र नुवाकोट शिवपुरी घर भएका काठमाडौँ तारकेश्वरमा बस्दै आएकी ४० वर्षीया सानुमाया लामा रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दुवै जनालाई आइतबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये सूर्य नारायणलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके नेपालगंज र सानुमायालाई प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।







