२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमिहीनलाई लालपुर्जा वितरण

अ+ अ-

काठमाडौँ । नवलपरासी पूर्व (नवलपुरको) कावासोती नगरपालिकाले वडा नम्बर चारबाट भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण सुरु गरेको छ । 

बुधवार कावासोती-४ मा एक कार्यक्रम गरेर २५ घर परिवारलाई लालपुर्जा वितरण गरिएको हो । 

प्रतिनिधि सभाका पूर्व सांसद तिलक महतबाट जग्गाधनी पुर्जा वितरण गरिएको थियो । भूमिहीन दलित र सुकुम्वासीलाई पुर्जा वितरण गर्दै पूर्व सांसद वर्षौँदेखि भूमिहीन भएर बस्दै आएकाहरूले अब आफ्नो अधिकार प्राप्त गर्न थालेको भन्दै जिल्लामा बाँकी रहेका अन्य भूमिहीन दलित र भूमिहीन सुकुम्वासी र अव्यवस्थित बोसवासीलाई  आयोगले काममा तीव्रता दिनुपर्ने बताए । 

लामो समय देखी जोत भोग गर्दै आएको जग्गाको पुर्जा पाएपछि  स्थानीय खड्ग बहादुर गुरुङ निकै खुसी छन् ।   

गुरुङले जग्गाधनी पुर्जा नहुँदा धेरै समस्या भोगेको सुनाउँदै अब भने पुर्जा हात परेपछि सजिलो हुने बताए ।  ‘भएको थोरै घडेरीको पनि पुर्जा नहुँदा सधैँ सुकुम्वासी  भएर जीवन जाने भो भन्ने पिर लाग्थ्यो , कोही  कसैले सोध्दा पनि सुकुम्वासी हो भन्दा नराम्रो लाग्थ्यो अब भने त्यस्तो हुँदैन धेरै खुसी छु । ’ गुरुङले भने 

लामो समयदेखि सुकुम्वासी जग्गामा बसोबास गर्दै आएका अमृत विकले  वर्षौँदेखि बसोबास गर्दै आएको जग्गाको लालपुर्जा आफ्नो नाममा प्राप्त भएपछि धेरै खुसी लागेको बताए । 

‘कुनै पनि काम गर्न वा दुख बिरामी पर्दा धितो राखेर ऋण निकालौँ अथवा केही बेचेर काम गरौँ न भन्दा पनि नपाइने , घर बनाएर ढुक्कसँग बस्न पनि नपाइने , अब त  पुर्जा हात परेको छ म धेरै खुसी छु,’उनले भने ।

वडामा भूमिहीन बासिन्दालाई जग्गाको मालिक बनाउने कार्यमा वडा अध्यक्षका रूपमा सहजीकरण गर्न पाउँदा धेरै खुसी लागेको वडा अध्यक्ष नारायण प्रसाद लोहनीले बताए । वडामा छिट्टै अव्यवस्थित बोसवासीलाई पनि पुर्जा वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए  ।

गण्डकी प्रदेशका पूर्व सांसद विष्णुप्रसाद लामिछानेले लालपुर्जा वितरण कार्यक्रममा बोल्दै आयोग र नगरपालिकाले कावासोतीबाट पुर्जा वितरण सुरु गरेर अन्य पालिकालाई समेत सन्देश दिएको बताए । नगरपालिका र वडाहरूले सक्रिय नभएसम्म आयोग एक्लैले काम गर्न नसक्ने भएकाले कावासोती नगरपालिका र वडा नम्बर ४ ले सबैलाई काम छिटो गर्न प्रेरित गरेको उनको भनाइ थियो । 

नगर प्रमुख विष्णुप्रसाद भुसालले लालपुर्जा वितरण प्रक्रियामा केही झन्झटिलो रहेकाले त्यसलाई सरल बनाउँदै लैजानुपर्ने बताए । 

कावासोती नगरपालिका भित्र हालसम्म भूमिहीन दलित ६९७, भूमिहीन सुकुम्वासी १,२४० र अव्यवस्थित बसोवासी ५,५९६ जनाले फारम भरेको प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले जानकारी दिए । पालिकाले आफ्नो स्तरबाट पुर्जा वितरणको लागि कार्यहरू क्रमशः अगाडी बढाउँदै लगेको उनले बताए ।

पुर्जा प्राप्त गरेपछि स्थानीय बासिन्दाहरूले पञ्चेबाजा बजाएर उत्सव मनाएका थिए ।