२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित

अ+ अ-

चितवन । जिल्लामा गत पाँच महिनामा ५२ नयाँ एचआइभी एड्स संक्रमित थपिएका छन् । तीमध्ये २३ स्थानीय हुन भने अन्य स्थानान्तरण भई आएका हुन । 

भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालमा दर्ता भएका सङ्क्रमितमा उनीहरू नयाँ थपिएका हुन । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा.कल्याण सापकोटाका अनुसार अस्पतालमा रहेको यस फाउण्डेसनमा सन् २०२५ को पाँच महिनामा ती बिरामी थपिएका हुन । अस्पतालमा आएर परीक्षण गरेका र समुदायस्तरमा परीक्षण गरिएका २३ जना हुन । अहिले यस केन्द्रमा नियमित औषधि खानेको सङ्ख्या एक हजार एक सय ८८ जना रहेको छ । 

उनले भने,“यहाँ औषधि सेवन गर्नेमध्ये जिल्लाको माडीको बघौँडा अस्पताल र मध्यविन्दु अस्पताल डण्डामा केही स्थानान्तरण भएर गएका छन् ।” ती दुई केन्द्रमा ५५ जना बिरामी स्थानान्तरण भई औषधि लिँदै आएका छन् । ती केन्द्रमा सेवा लिनका लागि कठिन भयो भनेर पुनः भरतपुर अस्पतालको यस सेन्टरमा आउने पाँच जना रहेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। उनका अनुसार अहिले यहाँबाट नियमित औषधि सेवन गर्ने बिरामी मध्ये ५८२ जना पुरुष, ५५८ जना महिला रहेका छन् । 

यस्तै ३० जना बालबालिका र १८ जना तेस्रो लिङ्गी रहेको उनले जानकारी दिए। नियमित औषधि सेवन गर्ने बिरामीलाई अस्पतालले अन्य सेवा समेत दिने गरेको छ । उनका अनुसार अस्पतालमा आएका सङ्क्रमित बिरामीका कुरुवालाई खाना खाजाको व्यवस्था, उपचारमा सहयोग, आवश्यकता अनुसार एम्बुलेन्समा सहयोग, असहायको लागि खाद्यान्न सहयोग गर्दै आएको छ । यस फाउण्डेसनसंँगै अन्य फाउण्डेसनमा पछिल्ला समय भाइरल लोडमा समस्या आएको उनले बताए। 

भाइरल लोडका लागि आवश्यक किटको अभावले समस्या देखिएको फिजिसियन डा.सापकोटाले बताए । उनले भने “अहिले तत्कालका लागि समस्या समाधान भए पनि अझै एक महिना कसरी व्यवस्थापन गर्ने भन्ने छ ।”