२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरका मेयर बालेनविरुद्ध अख्तियारमा उजुरी

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। महानगरमा करोडौँ मूल्यको लिफ्ट बिना प्रतिस्पर्धा जडान गरेको आरोपमा युवराज सफलले उजुरी दिएका हुन्। आफूलाई ‘देशभक्त नागरिक’ का रूपमा उल्लेख गर्दै सफलले मेयर साहमाथि अनियमितताको आरोप लगाएका छन्।

सफलको उजुरीमा भनिएको छ, “मेयर बालेन्द्र साहले केही महिना अगाडि काठमाडौँ महानगरपालिकामा बिना टेन्डर, बिना कोटेसन र बिना प्रतिस्पर्धा झन्डै एक करोड रुपैयाँको लिफ्ट जडान गराएका छन्। महानगर स्रोतका अनुसार यो लिफ्ट विशेष रूपमा मेयर साहकै प्रयोगका लागि जडान गरिएको हो।”

उजुरीमा नयाँ लिफ्ट जडानप्रति विरोध नभएको, तर सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को उल्लंघन गर्दै बिना प्रतिस्पर्धा अपारदर्शी रूपमा खरिद गरिएकोमा आपत्ति जनाइएको छ। “सार्वजनिक निकायले खरिद वा निर्माण गर्दा बोलपत्र आह्वान गर्नु अनिवार्य हुन्छ। तर, महानगरले लिफ्ट जडानमा यस्तो प्रक्रिया पालना गरेको छैन,” उजुरीमा उल्लेख छ।

सफलले अख्तियारसँग लिफ्ट जडानसम्बन्धी टेन्डर, बोलपत्र, निर्माण कम्पनीको विवरण, स्वीकृति फाइल, भुक्तानी विवरण, बिल, भौचरलगायतका कागजात झिकाएर अनियमितता र भ्रष्टाचारको गहन छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।