काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार ९.०८ अंक घटेको छ ।
सो अंकको गिरावटपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ ।
नेप्से परिसूचक घट्दा पनि कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज १२ अर्ब ५१ करोडको भएको छ ।







