काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा चक्रघट्टा गाउँपालिका सर्लाहीका तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादव र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साहसहितका कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।











