२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विपद् व्यवस्थापनमा तीन तहको सरकारबिच सहकार्य जरुरी’ : उपप्रमुख डंगोल

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले विपद् व्यवस्थापन र विपद्जन्य जोखिम न्यूनीकरणका लागि तीन तहको सरकारबिच आवश्यक समन्वय र सहकार्य जरुरी रहेको बताएकी छन् ।

सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म हेडक्वाटरको आयोजनामा सञ्चालन गरिएको मनसुनजन्य विपद् प्रतिकार्य कृत्रिम अभ्यासलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् ।

संकटको बेलामा स्थानीय तह नै नागरिकको सबैभन्दा नजिकको सरकार भएको हुँदा विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारको भूमिका समेत महत्त्वपूर्ण हुने उनको भनाइ छ । संघ, प्रदेश र स्थानीय सरकारबिच नीति निर्माणमा मात्र नभई विपद्को जोखिम न्यूनीकरण र उद्धारमा पनि समन्वय अपरिहार्य रहेको बताइन् ।

‘‘स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार र स्थानीयलाई समस्या पर्‍यो भने सम्झिने सरकार पनि हो । जोखिममा परेका नागरिकको उद्धार गर्नका लागि स्थानीय सरकारको एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ । संविधानको भावनाअनुरुप तीन तहको सरकार र सरकारका विभिन्न निकायहरुबीच सहकार्य र सहअस्तित्व हुन निकै जरुरी पनि छ । नीति निर्माणमा मात्र नभई विपद्जन्य जोखिममा परेका नागरिकको उद्धारमा पनि सहकार्य र समन्वय हुन जरुरी छ ।,’’ उनले भनिन्, ‘‘त्यसको एउटा उदाहरण आजको कार्यक्रम हो । विपद्जन्य घटना हुनु अगावै दक्ष जनशक्ति तयार हुनु हामी सबैको आवश्यकता हो । विपद् प्रतिकार्यको दक्ष जनशक्तिको अभावमा धेरै क्षति भयो भन्ने कुरा सुन्न नपरोस् भन्नको लागि आज नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, रेडक्रस र महानगरबिचको समन्वयमा तालिम प्रदान गरिएको हो ।’’

सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठले नेपाल प्राकृतिक प्रकोपका दृष्टिकोणले संवेदनशील मुलुक भएको उल्लेख गर्दै जलवायु परिवर्तनको प्रभावले बाढी र पहिरोको जोखिम बढेको बताए । उनले विपद् प्रतिकार्यमा सुरक्षाकर्मीहरूको दक्षता अभिवृद्धिका कृत्रिम अभ्यासहरू सबै स्थानीय तहमा आयोजना हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘‘नेपाल भौगोलिक बनावटले गर्दा प्राकृतिक प्रकोपको दृष्टिकोणले एकदमै संवेदनशील छ । नेपाल जलवायु परिवर्तनको हिसाबले चौथो र बाढी पहिरोको हिसाबले ३०औँ अति जोखिम राष्ट्रहरूमध्येमा छ । काठमाडौँ उपत्यकामा पनि केही वर्षदेखि जल प्रकोपका घटनाहरू बढिरहेको हामीले अनुभव गरिरहेका छौँ । बाढी तथा डुबानको कारण उपत्यकामा वर्षेनी ठुलो धनजनको क्षति हुँदै गइरहेको छ । यो वर्ष सरदरभन्दा बढी पानी पर्ने र विपद्का घटनाहरूमा समेत वृद्धि हुने देखिन्छ ।’’

पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यकामा समेत बाढी र डुबानका कारण ठुलो धनजनको क्षति भएको उल्लेख गर्दै उनले आवश्यक पूर्वतयारी र जनशक्तिलाई तालिम प्रदान गर्नुपर्नेमा जोड दिए ।