२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२०८४ को चुनावमा माओवादीले बहुमत नल्याए देश संकटमा फस्छ : नारायणकाजी श्रेष्ठ

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीले ०८४ मा बहुमत नल्याए देश थप संकटमा फस्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको कामकै कारणले अहिले माओवादीप्रति आकर्षण बढेको सुनाए। 

श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग गरेको सम्झौता पार्टी हितमा भए/नभएको बारेमा समीक्षा हुनुपर्ने बताएका छन्।

उनले सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग दुई बुँदे सम्झौता भएपछि संसद् खुलेको बताए। उनले त्यसबारेमा विभिन्न प्रतिक्रियाहरू आइरहेकाले पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल हुन नसकेको र अध्यक्षले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुगेको हुनसक्ने बताए।

उनले भने, ‘देशलाई संकटबाट मुक्त गराउन हाम्रो पार्टीको नेतृत्व आवश्यक छ। ०८४ को चुनाव आउँदैछ। देश बर्बाद भयो भन्ने अनि माओवादीलाई बहुमतको सरकार बनाउने ठाउँमा पुर्‍याउन सकेन भने देश झन् संटकमा फस्छ,’ उनले अगाडि भने,‘भ्रष्टहरूलाई खबरदारी गर्न हामीले जनताकहाँ गएर अभियान चलाएका छौं। जनतासँग बसेर खबरदार गरेका छौं। आफूलाई नसच्याए अर्को ठूलो जनआन्दोलनको सामना गर्न र त्यसको परिणाम भोग्न तयार रहनू भनेर चेतावनी पनि दिइरहेका छौं।’

संसद खुलाउन भएको दुई बुँदे सहमतिका बारेमा विभिन्न प्रतिक्रियाहरू आइरहेकाले त्यसबारेमा पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल र भेटघाट गरेर निष्कर्षमा पुग्ने बताए।