२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षामान पुनको दाबी-‘भिजिट भिसामा माओवादी गलेको छैन’ 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहकार्य स्मरण गरेका छन् ।

रास्वपाको नाराबाजीकाबीच प्रतिनिधि सभामा बजेटमाथिको सामान्य छलफल चलिरहेको छ । 

आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पार्टीका तर्फबाट धारणा राख्न रोष्ट्रम पुगेका पुनले केही दिन अगाडिसम्म संसद्‌मा संघर्षरत रहँदाको समयमा रास्वपासँगको सहकार्य स्मरण गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र त्यससँग सम्बन्धित भिजिट भिसा प्रकरणको विषय यही जेठ १३ गतेदेखि संसद्‌‌मा उठ्दै आएको छ । यो विषय संसद्‌‌मा प्रवेश गराउन प्रतिपक्षमा रहेका माओवादी केन्द्र, रास्वपा लगायतका दलहरूले भूमिका खेलेका छन् ।

त्यसक्रममा माओवादी, रास्वपा लगायतका दलहरू सँगसँगै रहेको माओवादीका उपमहासचिव पुनले स्मरण गरेका हुन् ।

सत्तापक्षसँग निरन्तर भएको संवादपछि र आम जनताको भावना, आम जनसमुदायको सुझावहरूलाई ध्यानमा राख्दै भिजिट भिसा प्रकरणमा उठेका विषयहरूलाई सम्बोधन गर्ने सरकारको प्रतिविद्धतापछि आफूहरू सदन चलाउन तयार भएको उनले बताए ।

‘खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी लगायत हामी प्रतिपक्षी दलहरूले नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेका थियौँ’, पुनले भने । यो विषय सदन बाहिर पनि उठेको उनले बताए । नैतिकताको विषय व्यक्तिको निजी विषय हुने उनले बताए । पार्टीहरूले, जनताले नैतिकताको कुरा सम्बन्धित व्यक्तिलाई सुझाव दिने विषय रहेको बताए ।

गृहमन्त्रीले राजीनामा नदिने र सबै प्रकारका छानबिनका लागि तयार रहेको बताएपछि सरकारले एक महिनाभित्र छानबिन हुने प्रतिविद्धतापछि आफूहरू सदन खोल्न तयार रहेको बताए ।

यो विषयमा सहमतिमा आउन रास्वपालाई समेत आग्रह गरेको पुनले स्मरण गरे । मुख्य विषय भिजिट भिसा प्रकरणको छानबिन हुनुपर्ने रहेको उनले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन निष्पक्ष ढंगले अगाडि बढ्ने र विगतमा समेत भएको समस्या र नीतिगत तथा संरचनात्मक विषय केलाउन छानबिन चाहेको बताए ।

केही व्यक्तिले आफैले गृह मन्त्रालय चलाएको हुनाले माओवादी तर्सिएको हो कि भन्ने समेत सुनिएको उल्लेख गर्दै उनले त्यस्तो नरहेको बताए । बरु यो विषयमा अध्ययन र छानबिनका लागि निरन्तर खबरदारी गर्ने बताए ।

२ बुँदे सहमति गरेर सदन खोल्दा अग्नि प्रसाद सापकोटा विरुद्धको मुद्दासँग सम्बन्ध छ कि भनेर समेत कतिपयले आशंका गरे । अग्नि सापकोटाविरुद्धको मुद्दा र सदन खोल्ने विषय कुनै लेनदेनको विषय नरहेको बताए ।

‘माओवादी गलेको कुरामा कुनै सत्यता छैन’ उनले भने ।

माओवादी उपमहासचिव पुनले भिजिट भिसा प्रकरणको विषयमा उठाएका विषय एक ढंगले सम्बोधन भएको भनेर छलफलमा भाग लिन आग्रह गरे । रास्वपा नयाँ दल रहेको उल्लेख गर्दै उनले अनुभव सँगाल्दै अगाडि बढ्न आवश्यक रहेको बताए ।

सत्तापक्षका सांसदहरू समेत संयमित ढंगले प्रस्तुत हुनुपर्ने बताए ।

‘अलिकति बल प्रयोग जस्तो, जबरजस्ती जस्तो भयो । प्रमुख प्रतिपक्षी दल आइसक्यो, यसलाई पेले पनि हुन्छ भन्ने जस्तो ठानिनु हुँदैन’ पुनले भने ।

संसदीय अंकगणित कहिले कसैको ठूलो, कहिले अर्को ठूलो हुन सक्ने भन्दै उनले विगतमा रहेको प्रतिसोध अहिले नै साधौँ जस्तो गर्न नहुने बताए ।

सभामुखले संवादको वातावरण बनाउन थप पहल लिनुपर्ने आग्रह गरे । संवाद गर्दै रास्वपालाई समेत बजेटमाथि धारणा राख्ने वातावरण बनाउन सभामुखलाई उनले अनुरोध गरे ।

यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पहल लिनुपर्ने उनको आग्रह छ ।