काठमाडौँ । प्रहरीले जुवा खेलिरहेको अवस्थामा १२ जनालाई नगदसहित पक्राउ गरेको छ ।
उनीहरूलाई १ लाख २० हजार ३० रुपैयाँसहित पक्राउ गरिएको हो । उनीहरुलाईशनिबार महानगरपालिका–३१ शान्तिनगरस्थित फुट्सल नजिकको एक घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगर ३१ का ४५ वर्षीय राजेस गिरि, सुर्खेत घर भई हाल काठमाडौँ बस्ने ४६ वर्षीय झक बहादुर मल्ल, रामेछाप घर भई हाल गोकर्णेश्वर बस्ने २८ वर्षीय पदम शकर तामाङ, काठमाडौँ ३१ का ४७ वर्षीय भूपेन्द्र भट्टराई, स्थायी घर इलाम भई हाल मित्र पार्क बस्ने ४५ वर्षीय पदम तामाङ, चितवनका ३८ वर्षीय कमानसिंह घिसिङ, सिन्धुपाल्चोक घर भई हाल गाकर्णेश्वर बस्ने ३८ वर्षी आकाश लामा रहेका छन् ।
त्यस्तै, रौतहटका हाल काठमाडौँ चाबहिल बस्ने ४५ वर्षीय ओम कुमार भट्टराई, दोलखाका ३६ वर्षीय डल कुमार श्रेष्ठ, संगम चौकका ६७ वर्षीय माधव मैनाली, बर्दिया घर भई हाल ठिमी बस्ने ५८ वर्षीय ज्ञान महर्जन र झापाका बिजय राउत रहेका छन् ।
उनीहरुविरुद्ध म्याद थपरे अनुसन्धान सुरु गरिएको छ ।







