२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुरुङले भने-‘सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरी’

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य जरुरी रहेको बताएका छन् ।

मन्त्रालयले आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०८२ को समीक्षा तथा प्रशंसा–पत्र वितरण कार्यक्रममा मन्त्री गुरुङले सूचना प्रविधिको विकास स्थानीय तहसम्मै व्यापक हुनुपर्नेमा जोड दिए।

उनका अनुसार आइटी दिवसलाई सरकारले उत्सवका रूपमा मनाउनुपर्ने र युवा पुस्तालाई जति सक्दो प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।

“यो दिवस देशभर उत्सवका रूपमा मनाउनुपर्छ, नयाँ जनशक्तिको हौसला बढाउनका लागि थप गतिविधिहरू बढाउन आवश्यक छ”, मन्त्री गुरुङले भने ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फ्रेमवर्क (डिएनएफ) को मस्यौदा अन्तिम चरणमा रहेको उल्लेख गरे । “सरकार सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा तयार छौँ, यसका लागि निजी क्षेत्रको सहकार्य जरुरी छ ।”

मन्त्रालयका सचिव राधिका अर्यालले आइटी क्षेत्रमा युवा प्रोत्साहन गर्न मन्त्रालयले आइटी इन्टर्नसिपका लागि बजेट नै छुट्याएको बताए ।

कार्यक्रममा सहभागी सरोकारवालाले प्रदेश र स्थानीय तहको सहकार्यमा यस क्षेत्रको विकास गर्न सुझाव दिए ।