काठमाडौँ। सरकारले सहसचिव निर्मला अधिकारी भट्टराईलाई कायममुकायम (कामु) सचिवको जिम्मेवारी प्रदान गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव भट्टराईलाई सत्य निरूपण तथा मेलमिलाप आयोगको कामु सचिव नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन डटकमको सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए।
पराशर ढुंगाना कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा नियुक्त भएपछि रिक्त रहेको सो पदमा भट्टराईलाई जिम्मेवारी दिइएको हो।







