काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह पदको द्वितीय चरणको एकीकृत तथा संयुक्त परीक्षा कार्यक्रम संशोधन गरेको छ। आयोगले सूचना नं. २४६७/२०८१८२ मार्फत परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवाका लागि तोकिएको परीक्षा मिति परिवर्तन गरेको हो।
यसअघि २०८२।०३।२४ देखि २०८२।०३।२८ सम्म तोकिएको परीक्षा अब २०८२।०४।१९ देखि २०८२।०४।२३ सम्म सञ्चालन हुने आयोगले जनाएको छ।








