२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापाका ५२५ जना वन्यजन्तु पीडित राहतका पर्खाइमा

अ+ अ-

बनियानी । डिभिजन वन कार्यालय झापाले यहाँका हात्तीपीडितलाई रु. एक करोड ९० लाखभन्दा बढी राहत उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म डिभिजन वन कार्यालय झापा र निर्देशनालयबाट रु. एक करोड ९० लाख एक हजार ९९३ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका पशु चिकित्सक डा. सोनाम भलले जानकारी दिए ।

कार्यालयले ५१० हात्तीपीडित घरपरिवारलाई रु. ६९ लाख ९३ हजार ५६५ र निर्देशनालयले ७३ हात्तीपीडित घरपरिवारलाई रु. एक करोड २० लाख आठ हजार ४२८ राहत उपलब्ध गराएको उनले बताए । निर्देशनालयले हात्तीको आक्रमणबाट ज्यान गुमाएका १० जना मृतकको परिवारलाई प्रतिपरिवार रु. १० लाखका दरले रु. एक करोड, हात्तीको आक्रमणमा परी घाइते भएका १० जनालाई रु. ११ लाख १८ हजार ६२८, हात्तीले २२ वटा घरको क्षति पुर्‍याएबापत रु. चार लाख २० हजार, भण्डारण गरिएको अन्नमा क्षति (१८ वटा) पुर्‍याएबापत रु. एक लाख ८० हजार, अन्नबालीमा क्षति (२९ वटा) पुर्‍याएबापत रु. दुई लाख ७९ हजार ८०० र एउटा पशुधनको क्षतिपूर्तिबापत रु. १० हजार पीडितलाई राहत उपलब्ध गराएको डा. भलले जानकारी दिए ।

जिल्लामा ५२५ जना वन्यजन्तु पीडितलाई अझै राहतको पर्खाइमा छन् । उनीहरूलाई रु. ८७ लाख २४ हजार ५३२ राहत रकम वितरण गर्न बाँकी रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट घाइते भएका छ जनामध्ये चार जनालाई खर्चका लागि फाइल निर्देशनालय पठाइएको छ ।

मेचीनगर–३ की कोपिला लिम्बू, शिवसताक्षी–१ का प्रदीप पासवान, दमक–३ का अविनारायण खत्री र मेचीनगर–१२ की भीममाया राईको फाइल निर्देशनालय पठाइएको छ भने दमक–३ की योगिता दाहाल र रमेश गौतमको फाइल पठाउन बाँकी रहेको डा. भलले बताए । “हात्तीको आक्रमणबाट घाइते भएकालाई बढीमा रु. दुई लाख दिने व्यवस्था छ”, उनले भने, “अंगभंग भएकालाई रु. पाँच लाख राहत उपलब्ध गराइन्छ ।” घाइतेको उपचारमा ठूलो रकम खर्च हुँदा सरकारी तवरबाट प्रदान गरिने उपचार खर्च कम हुने उनी बताउँछन् ।