२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनओसी अनियमितमा संलग्नलाई कारबाही गर्न नेविसंघको माग

अ+ अ-

काठमाडौँ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) मा अनियमितता गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

संघका प्रवक्ता सुरज सेजुवालले विज्ञप्ति जारी गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

‘क्यान्टिन, स्टेसनरी र केही परामर्श संस्थाहरूको संलग्नतामा छिटो उपलब्ध गराइदिने बहानामा विद्यार्थीहरूको बाध्यताको फाइदा उठाउँदै घुस लेनदेन, कागजात किर्ते एवं हेरफेर, ठगी, भ्रष्टाचार तथा सेवाग्राही विद्यार्थीलाई अनावश्यक दुःख र हैरानी दिने गतिविधि संगठित रूपमा सञ्चालन भएको तथ्य उजागर भएकोप्रति नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

देश छोड्न लागेका विद्यार्थीसँग एनओसीबाट गैरकानुनी ढंगले पैसा असुल्नु गम्भीर अपराध भएको नेविसंघको ठहर छ ।

‘आफ्नो र आफ्नो परिवारको सुनौलो भविष्यको सपना बोकेर वैदेशिक अध्ययनका लागि मातृभूमि छोड्ने विद्यार्थीहरूमाथि प्रक्रियागत सहजताका नाममा किर्ते, ठगी र भ्रष्टाचारजस्ता गम्भीर आपराधिक गतिविधि सञ्चालन भइरहँदा समेत सरकार र सम्बन्धित मन्त्रालय आम विद्यार्थीले देखे, सुन्ने र बुझ्ने गरी सशक्त रूपमा प्रस्तुत नहुनु, छानबिन समितिको नाटक मञ्चन र औपचारिकतामा मात्रै सीमित रहनु अत्यन्त दुःखद र शंकास्पद छ,’ विज्ञप्तिमा भनिएको छ ।

ठगी गर्ने गिरोहलाई शिक्षा मन्त्रालयबाट संरक्षण भएको आशंका नेविसंघले गरेको छ । ‘वैदेशिक अध्ययन अनुमति पत्रमा हुने किर्ते, ठगी र भ्रष्टाचारमा संलग्न कर्मचारीलाई मन्त्रालयकै संरक्षण प्राप्त भएको संशय समेत पैदा गरेको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एनओसी प्रणालीलाई पूर्णतः डिजिटल, पारदर्शी, विद्यार्थीमैत्री बनाउन नेविसंघले माग गरेको छ ।

शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरी त्यसका आधारमा दोषीलाई कडा कारवाही गर्न र आवश्यक सुधारका कार्यहरू स्पष्ट रूपमा कार्यान्वयन गर्न समेत नेविसंघले भनेको छ । सुधार नभए आन्दोलनमा उत्रिने चेतावनी नेविसंघले दिएको छ ।