२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफल समाप्त

अ+ अ-

काठमाडौँ । कोसी प्रदेश सभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान माथिको छलफल समाप्त भएको छ ।

छलफलमा कोसी प्रदेशसभा सदस्यहरू सपना दर्जी, गोम्बु शेर्पा र रमेशकुमार बस्नेतले राखेकोको जिज्ञासामा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक रहेको बताए । उनले स्रोतहरूको खोजी र आयको अनुमान गरी नै सरकारले बजेट ल्याएको दाबी गर्दै आगामी आर्थिक वर्षमा वन क्षेत्र र नदीजन्य पदार्थबाट ? एक अर्ब राजस्व उठ्ने अनुमान रहेको बताए ।

मन्त्री मगरले विगतमा कृषिमा दिएको अनुदानले सही किसान लाभान्वित नभएकाले अहिले कृषकलाई ब्याजमा अनुदान दिने जानकारी दिँदै चालु आवको चैत मसान्तसम्ममा पुँजीगत खर्च ४७ प्रतिशत भए पनि असार मसान्तसम्म ८० प्रतिशत पुग्ने अनुमान रहेको बताए । उनले यातायात क्षेत्रबाट पनि अपेक्षित राजस्व उठ्ने उल्लेख गर्दै विकासलाई व्यवस्थित गर्न धेरै योजनालाई निरन्तरता दिएको जानकारी दिए । सामाजिक सुरक्षा कोषका कारण चालु खर्चमा वृद्धि भएको जिकिर गर्दै मन्त्री मगरले सरकार स्थानीय तहसँग साझेदारी र समन्वय गरे अघि बढ्ने प्रयासमा रहेको बताए । 

भौतिक पूर्वाधार विकास एवं सामाजिक विकास मन्त्री भूपेन्द्र राईले प्रदेश सरकारले निर्णय गरेको योजनामा संघीय सरकारले वास्ता नगरेकामा चिन्ता व्यक्त गरे । उनले दातृ निकायले पनि प्रदेश संरचना बलियो हुनुपर्ने धारणा राखिरहेको परिवेशमा संघीय सरकारले प्रदेश संरचनालाई इकाइका रूपमा हेर्न नहुने उल्लेख गरे ।