२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनतर्फ जस्तो सीमा पूर्वाधार नभएको मुस्ताङको गुनासो

अ+ अ-

काठमाडौँ । नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा लोमान्थाङ र जोमसोममा अन्तरक्रिया गर्दा चीनतर्फ जस्तो सीमा पूर्वाधार नेपालतर्फ नभएको गुनासो आएको छ ।

सहभागीहरूले कोरोला नाकामा चीनतर्फ अत्यन्त राम्रो पूर्वाधार निर्माण भएर अध्यागमन र भन्सार कार्यालयहरू स्थापित भई सेवासमेत सुचारु गरिसकेका तर नेपालतिर भने प्रदेश सरकारले निर्माण गरेको ४ कोठे प्रिफ्याब भवन रहेको तर पानी र बिजुली जस्ता न्यूनतम पूर्वाधार समेत नभएको, कर्मचारी अभाव रहेको र अध्यागमन कार्यालयको उद्घाटन गरे पनि हालसम्म सेवा सुचारु नभएको हुँदा व्यापार व्यवस्थित हुन नसकेको बताएका थिए ।

त्यसैगरी उनीहरूले माथिल्लो मुस्ताङ निषेधित क्षेत्रमा रहेको र जुनसुकै विदेशी नागरिक उक्त क्षेत्रमा प्रवेश गर्दा न्यूनतम ५०० डलर तिर्नु पर्ने, सोही रकम तिरेरै चीनतिरबाट प्रवेश गर्न चाहनेले अध्यागमन सेवा नरहेकाले नाकामा रकम तिरेर प्रवेश गर्न पनि नसक्ने अवस्था रहेकाले नाकामा एकीकृत पूर्वाधार निर्माण गरी तत्काल अध्यागमन, भन्सार र क्वारेनटाइन जस्ता सेवा शुरु गर्न, विदेशी नागरिकका लागि माथिल्लो मुस्ताङ प्रवेश सहजीकरण गर्न अनुरोध गरेका थिए ।

लोमान्थाङमा भएको अन्तरक्रियामा लोघेकर दामोदर कुण्डका अध्यक्ष राजु बिष्ट र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नुर्बु, लोमान्थाङकी उपाध्यक्ष, दुवै गाउँपालिकाका वडाध्यक्षहरू तथा कोरोला नाकाबाट व्यापार व्यवसाय गर्ने व्यवसायीहरूको सहभागिता रहेको थियो भने जोमसोममा भएको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी श्री विष्णुप्रसाद भुसाल, मुस्ताङ जिल्लाका चार वटा गाउँपालिकाका अध्यक्षहरू, समाजसेवी तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो ।

दुवै कार्यक्रमलाई सम्बोधन गर्दै ल्हासास्थित एक मात्र विदेशी नियोगक नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले छलफलमा उठेका विषयहरूको समाधानका लागि महावाणिज्यदूतावासका तर्फबाट चिनियाँ र नेपाली दुवै पक्षसँगको समन्वयमा अधिकतम प्रयास गर्ने बताए ।

निरौलाले चीनको सिजाङ स्वायत्त क्षेत्रको ड्रोङ्पामा त्यहाँका भन्सार, अध्यागमन, स्थानीय निकाय र पोर्ट व्यवस्थापन कार्यालयका उच्च अधिकारीहरूसँग छुट्टै छलफल तथा अन्तरक्रिया गरेका थिए । उक्त अवसरमा चीन र नेपाल दुवै पक्षले कोरोला नाका व्यवस्थापनका निम्ति आ आफ्ना तर्फबाट पहल गरी नाकालाई सुचारु गर्ने प्रतिबद्धता व्यक्त गरिएको महावाणिज्यदूतावासले जानकारी दिएको छ ।