काठमाडौँ । बीपी राजमार्गमा १५ दिनका लागि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ ।
शुक्रबार काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बर्खामा बाढी पहिरोको जोखिम रहेको भन्दै शुक्रबारदेखि रातिको समयमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।
काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड बढी जोखिमयुक्त भएकाले गाडी चलाउन रोक लगाइएको हो।
एकै छिन पानी पर्यो भने पनि बाढी पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध हुँदै आएको छ ।
छलफलमा अन्तर जिल्लाको सहकार्य र समन्वयबीचबाटै यात्रुलाई सहज यात्रा गराउन सकिने सुरक्षा निकायका प्रमुखहरूले बताएका थिए ।







