काठमाडौँ। गत साता ०.५६ प्रतिशत बढेको सेयर बजार यो साता १.०१ प्रतिशत (२७ अंक) घटेको छ । गत साता २६५५ अंकमा रहेको बजार यो साता २६२८ अंकमा झरेको छ ।
यो साता पाँचै दिन कारोबार भयो । अधिकांश दिन नेप्से सामान्य अंकको उतारचढावमै रह्यो । पहिलो दिन आइतबार ०.४७ अंक बढेकोमा सोमबार २.८० बढ्यो । त्यसपछिका लगातार बजार घट्यो । मंगलबार ३.९०, बुधबार १.०७ र बिहीबार २४.७६ अंक घट्यो ।
यो साता कारोबार रकम उल्लेख्य देखिएको छ । आइतबार ११ अर्ब ४४ करोडको कारोबार भएकोमा सोमबार १३ अर्ब १८ करोडको कारोबार भयो । सोमबारको कारोबार रकम गत फागुन १९ यताकै उच्च हो । मंगलबार ७ अर्ब ६५ करोडमा झरेको कारोबार बुधबार ९ अर्ब ८ करोड र बिहीबार ११ अर्ब २३ करोडको कारोबार भएको छ ।







