२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ सय घरमा खानेपानीको पहुँच

अ+ अ-

भोजपुर । लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आएको छ । पानीको समस्यामा रहेका यहाँका आठ सय घरमा धारा जडान गरिएको हो ।

बस्तीमा पानी वितरण थालिएपछि वर्षौँदेखिको पानीको समस्या हटेको षडानन्द-१२ टारीगाउँका स्थानीयवासी मोहन तामाङले बताए । एक गाग्री पानीको जोहो गर्न रात समयमा धारामा पालोमा बस्नुपर्ने अवस्थामा घरमा धारा जडान भएपछि सहजता भएको तामाङको भनाइ छ । “हाम्रो टारीगाउँ क्षेत्रमा पानीको अति नै समस्या थियो”, उनले भने, “एक गाग्री पानी जोहो गर्न राति २:०० बजेबाट पालो बसेर ल्याउनुपर्ने अवस्था थियो । अहिले लोमाखोलाको पानी आएपछि सहजता छ । हामी एकदम खुसी छौँ ।”

धारा जडान भएपछि दैनिकी नै फेरिएको स्थानीय ८३ वर्षीया वृद्धा हीमादेवी कार्कीले बताइन्। “म घरमा एक्लै छु”, उनले भनिन्, “दमको रोगी भएका कारण पानी लिन बाहिर जान सक्दिनँ । स्थानीयलाई पैसा दिएर दुई बोतल पानी ल्याउन लगाएर दैनिकी चलाउँदै आएकी थिएँ । मेरा लागि साह्रै पुण्यको काम गरिदिनुभयो । पानी ल्याउनेहरूलाई आशीर्वाद दिन्छु ।”

षडानन्द नगरपालिकाका ८, ९, १०, ११ र १२ वडाका एक हजार ४१६ घरमा पानी वितरण गर्ने लक्ष्यका साथ आयोजना सञ्चालन भइरहेको छ । दुई स्किममा सञ्चालन भइरहेको आयोजनालाई आगामी आर्थिक वर्षभित्र पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष राजनविक्रम राईका अनुसार आयोजनाबाट तत्काललाई पानीको अति नै समस्या रहेका क्षेत्रमा पानी वितरण भइरहेको छ । यस आर्थिक वर्षमा पनि तीव्र गतिमा निर्माणको काम भइरहेकाले यस वर्ष नै एक हजार घरपरिवारमा पानी वितरण गर्ने लक्ष्य छ । लोमाखोला आयोजनाको पानी बस्ती स्तरमा वितरण थालेका छौँ । सबै स्थानीयलाई चाँडो पानी खुवाउने लक्ष्यका साथ काम गरिरहेका छौँ । यस आवमा एक हजार घरमा पानी वितरण गर्ने हाम्रो योजना छ ।

आयोजनाको स्किम–१ अन्तर्गत १२ वटा ट्यांकीमध्ये नौदेखि ७५ घनमिटरसम्मका नौ वटा निर्माण सम्पन्न भएको अध्यक्ष राईको भनाइ छ । त्यस्तै दोस्रो स्किमको पाँच वटा नै वितरण ट्यांकी निर्माण सम्पन्न गरिएको उनले जानकारी दिए । पहिलो ठूलो स्किमअन्तर्गत कमेरे, देउसे र दोस्रो स्किम कखुवा सिस्ने टार मुहानबाट पानी ल्याइएको छ । 

पानी मुहानमा पानी प्रशोधन संरचना नरहेकाले बर्खाको समयमा बालुवा, गिट्टी आउने तथा धारा जाम हुने समस्या रहेको निर्माण उपभोक्ता समितिको भनाइ छ । साथै यही क्षेत्रमा सडक विस्तार भइरहेकाले कामलाई चाँडो बढाउन समस्या रहेको निर्माण समितिले जनाएको छ । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरका अनुसार हालसम्म आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । श्रमदानसहित यो आयोजनाको अनुमानित कुल लागत रु. २८ करोड ५१ लाख रहेको छ । आयोजनाको वितरण लाइन खन्ने र पुर्ने काम श्रमदानमार्फत गर्ने सम्झौता रहेको छ  । यस आयोजनालाई आगामी वर्षभित्रमा सम्पन्न गराउने कार्यालयको लक्ष्य छ । दुई स्किममा गरी यो आयोजनाको मुख्य पाइप लाइन विस्तार करिब ४७ किलोमिटर र वितरण लाइन करिब एक सय ५३ किलोमिटर रहेको छ ।

निर्माणाधीन खानेपानीबाट पहिलो चरणको पानी वितरण थालिएपछि स्थानीय नागरिकलाई सहजता भएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । खानेपानी आयोजनालाई समयमा सम्पन्न गराउन नगरको तर्फबाट आवश्यक भूमिका खेलिरहेको उनको भनाइ छ । यो योजनाको काम सम्पन्न भएपछि यहाँका पाँच वटा वडाका नागरिकलाई पानीको सुविधा पुग्ने उनको भनाइ छ ।