काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रशिक्षण विभाग प्रमुखमा सहमहामन्त्री विपिन आचार्य मनोनीत गरेको छ ।
अनिल केशरी शाहले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । रास्वपाको शनिवारको बैठकले आचार्यलाई प्रशिक्षण विभाग प्रमुखमा मनोनीत गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको प्रस्तावमा पार्टीको महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीलाई र प्रवक्तामा मनिष झालाई नियुक्त गर्ने निर्णय गरेको थियो । झालाई अभियान तथा प्रचारप्रसार विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ ।
यसैगरी अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यवाहक प्रमुखको जिम्मेवारी रवि किरण अधिकारीलाई दिइएको छ ।







