काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले आज नेपाली सेनाको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन गरेको हो ।
लोक सेवाले नेपाली सेना तर्फको, वि.नं. ०८१-८२/आर१३ (आ.प्र.) सैनिक विविध सेवा, लेखा समूह, लेखा उपसेनानी पदको लिखित नतिजा प्रकाशन गरेको छ ।

यस्तै नेपाली सेना तर्फको, वि.नं. ०८१-८२/२९ (खुला/समावेशी) सैनिक हवाई सेवा, पाइलट समूह, पाइलट उपसेनानी पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।

यसैगरी नेपाली सेना तर्फको, वि.नं. ०८१-८२/आर ०५ (आ.प्र.) सैनिक प्राविधिक सेवा, सैनिक इन्जि. समूह, सूचना प्रविधि उपसमूह, प्राविधिक उपसेनानी (कम्प्युटर इन्जिनियरिङ) पदको लिखित नतिजा पनि प्रकाशन गरिएको छ ।








