काठमाडौँ । मालपोत कार्यालयको सिस्टममा समस्या देखिएपछि सेवाग्राहीले सास्ती पाएका छन् । मालपोत कार्यालय बेलबारीको बायोमेट्रिकमा समस्या आएको हो ।
कार्यालय अनुसार ३-४ दिनदेखि मालपोतको बायोमेट्रिकमा समस्या रहेको हो ।
कार्यालयका अनुसार औँठाछाप लगाउने मेसिनमा समस्या भएका कारण जग्गा नामसारी दृष्टिबन्धक लगायत काम रोकिएको हो ।
बायोमेट्रिक बाहेकको अवस्थामा हुने काम भने भइरहेको छ ।







