काठमाडौँ । काठमाडौँ महानगरपालिका, गैरीधारास्थित सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै रेक्स प्रेफव एण्ड कन्स्ट्रक्सन प्रा.लि.लाई महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गराएको छ ।
साथै, उक्त कम्पनीलाई क्षति भएको सम्पत्तिलाई पूर्ववत् अवस्थामा निर्माण गर्न आदेश दिइएको छ ।
महानगरपालिकाका अनुसार, उक्त कम्पनीले गैरीधारामा सार्वजनिक सम्पत्तिको दुरुपयोग र क्षति पुर्याएको पाइएपछि यो कारबाही गरिएको हो ।
महानगरले सार्वजनिक सम्पत्तिको संरक्षण र दुरुपयोग रोक्न कडा कदम चाल्ने नीति लिएको जनाएको छ ।
यो कारबाहीले अन्य कम्पनी र व्यक्तिहरूलाई पनि सार्वजनिक सम्पत्तिको संरक्षणप्रति सचेत रहन प्रेरित गर्ने विश्वास महानगरपालिकाले लिएको छ ।







