२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेची भन्सारले एघार महिनामा संकलन गर्‍यो १४ अर्ब ४३ करोड राजस्व 

अ+ अ-

झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु. १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व संकलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५६ प्रतिशत हो ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/८२ को जेठसम्ममा रु. १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार राजस्व संकलनको लक्ष्य राखेको थियो । गत आव २०८०/८१ को सोही अवधिमा रु. १६ अर्ब ६७ करोड २८ लाख ४० हजार संकलनको लक्ष्य राखिएकामा ७७.५६ प्रतिशत मात्र राजस्व संकलन भएको थियो ।

कार्यालयको तथ्यांकानुसार चालु आवको ११ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थ आयातबाट ६०.८१ प्रतिशत अर्थात्  रु. आठ अर्ब ७८ करोड २७ लाख ७२ हजार संकलन भएको छ । यसैगरी तरकारी आयातबाट रु. ६२ करोड ४४ लाख ९६ हजार, यातायातका साधन र तिनका पाट पुर्जाबाट रु. ४० करोड ७४ लाख ५० हजार, खनिज उत्पादनबाट रु. २७ करोड ५१ लाख ९१ हजार, कफीबाट रु. २१ करोड ५४ लाख ७० हजार, दलहनबाट रु. २० करोड ७७ लाख ३९ हजार राजस्व संकलन भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए ।

मेची भन्सारबाट चालु आवको ११ महिनामा रु. २३ अर्ब २८ करोड ३५ लाख ५६ हजार बराबरको वस्तु निर्यात हुँदा रु. २३ करोड ७५ लाख १९ हजार राजस्व संकलन भएको छ । यसैगरी सोही अवधिमा रु. ४० अर्ब ७७ करोड छ लाख ४८ हजार बराबरको वस्तु आयात गरिँदा रु. १४ अर्ब २० करोड १७ लाख १८ हजार राजस्व संकलन भएको छ ।