काठमाडौँ । ऊर्जा मन्त्री दिपक खड्काले उद्योगीहरूसँगको बक्यौता प्रक्रियागत ढंगले उठाउने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै बक्यौता नियमसंगत ढंगले संकलन हुने उनले बताएका हुन् । भारतसँग विद्युत् आदान प्रदान गरेर लोडसेडिङ अन्त्य गरिरहेको उनले सुनाए ।
खड्काले भने, ‘भारतमा हामीले विद्युत् बिक्री पनि गर्छौँ । बर्खायाममा बेच्छौँ र हिउँदमा किन्छौँ, किन्ने बेच्न भइरहेको छ । हामीलाई चाहिएको बेलामा उहाँहरूले दिने उहाँहरूलाई चाहिएको बेलामा हामीले दिने गरिरहेका छौँ । विद्युत् नभई लोडसेडिङ अन्त्य हुँदैन । त्यसै व्यक्तिले गरेर हुँदैन । आदान प्रदान भएर लोडसेडिङको अन्त्य गरिरहेको हो ।’
उनले बजेट पूर्ण रूपमा कार्यान्वयन हुने विश्वास पनि व्यक्त गरे ।







