२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हामीले चाहेको व्यवस्थित प्रणालीमा पासपोर्ट र लाइसेन्स पाउन राजनीतिक दलको सदस्य हुनुपर्दैन’-गगन थापा

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले तल्लो तहमा रहेका न्यून आय भएका नागरिकलाई समृद्ध बनाउने अभियानमा क्रियाशील रहेको बताएका छन् ।

काँग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले आयोजना गरेको बेलायती संसदीय लोकतन्त्र र लेबर पार्टी सञ्चालन प्रणाली सम्बन्धमा लेबर पार्टीका नेता डा. बच्चु कैलाश कैनीसँगको अन्तरक्रियामा बोल्दै काँग्रेसले पक्षपोषण गर्ने भनेको तल्लो तहका नागरिकहरूको जीवनस्तर उकास्न भएको बताए ।

उनले भने, ‘हामीले खोजेको भनेको समुन्नत नेपाल हो, हामी पुँजीवादी अर्थ व्यवस्थामा विश्वास गर्छौँ, नाफालाई अपराध मान्दैनौँ, तल्लो तहमा रहेका नागरिकहरूलाई माथि उकास्न चाहन्छौँ, हामीले चाहेको व्यवस्थित प्रणालीमा कसैले पासपोर्ट र लाइसेन्स पाउन राजनीतिक दलको सदस्य हुनुपर्दैन, नेपाली नागरिकले खोजेको कुरा यही हो, यसका लागि व्यवस्थित प्रणाली आवश्यक छ।’

उदारवादी पार्टी भए पनि बेलायतमा लेबर पार्टी दबाबमा रहेको भन्दै नेपालले सिक्नुपर्ने कुरा बेलायतको व्यवस्थित प्रणाली र व्यवस्थापनको विषय भएको बताए।

उनले भने, ‘हामीले अनुसरण गरेको प्रणाली भनेको बेलायती संसदीय प्रणाली हो, संसदीय प्रणालीमा हाम्रो ठुलो विश्वास छ, लेबर पार्टीबाट सिक्ने कुरा धेरै छ।’

उनले लेभव पार्टीसँग नेपाली काँग्रेसको भगिनी सम्बन्ध रहेको बताउँदै पुराना पार्टीहरू संकटमा भएको अवस्थामा बेलायतमा लेबर पार्टी पनि संकटमा छ भन्ने देखिएको बताए ।

उनले भने, ‘बेलायतको लेबर पार्टीले तीन वटा निर्वाचन जितेर आफ्नो धार कायम गरेको छ। हामीले पनि २०४८ सालमा जितेपछि उदारवादी नीति ल्याएकै हो, ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य र सडकका क्षेत्रमा पर्याप्त बजेट गएकै हो।’

बेलायतको लेबर पार्टीका नेता डा. बच्चु कैलाश कैनीले आफू सन् २०१२ मा लेबर पार्टीसँग जोडिएको बताउँदै नेपाली काँग्रेस र नेपालमा पनि लेबर पार्टीमा भएका राम्रो कामहरू लागू होस् भन्ने आफूले चाहेको बताए ।

नेता कैनीका अनुसार बेलायतमा पनि योग्य व्यक्तिलाई नै सरकारको नेतृत्व दिनुपर्छ भन्ने आधारमा चुनाव अगाडि नै प्रधानमन्त्रीको उम्मेदवार चयन हुने गरेको छ।

उनले भने, ‘बेलायतमा सांसद चार पाँच पटकसम्म हुन परिपक्व नेता बनाउन प्रोत्साहित गर्ने प्रचलन रहेको छ, निर्वाचनमा जानु अगाडि नै प्रधानमन्त्रीको उम्मेदवार चयन हुन्छ, पार्टीले बहुमत नल्याएको अवस्थामा पनि विपक्षी दलको नेता हुन्छ।’

बेलायती संसदीय लोकतन्त्र र लेबर पार्टीको सञ्चालन प्रणालीबारे विश्लेषण र अनुभव, लोकतन्त्रको संस्थागत अभ्यास, पार्टी भित्रको आन्तरिक लोकतन्त्र, नीति निर्माण प्रक्रिया, विविध समुदायको सहभागिता र उत्तरदायित्वपूर्ण नेतृत्वबारे डा कैनीले आफ्नो अनुभव सुनाएका थिए ।

सो कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवं काँग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागका प्रमुख अजयबाबु शिवाकोटीले बेलायती संसदीय लोकतन्त्र र लेबर पार्टीको त्यहाँको अभ्यास र अनुभवले नेपाली काँग्रेसलाई मात्र नभई नेपालको समग्र लोकतान्त्रिक आन्दोलनलाई झकझक्याउने विश्वास व्यक्त गरेका छन्।