२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीलाई सहकारी महासंघको ध्यानाकर्षण: नियमनमा संकुचन नगर्न आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सहकारी क्षेत्रलाई नियमन गर्ने क्रममा संकुचन नगर्न ध्यानाकर्षण गराएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा महासंघका अध्यक्ष ओमदेवी मल्ल नेतृत्वको टोलीले सहकारी क्षेत्रका नीति र निर्देशिकामा सुधारका लागि सुझाव प्रस्तुत गरेको छ ।

महासंघले नेपाल राष्ट्र बैंक र सहकारी प्राधिकरणबाट जारी निर्देशिकामा स्रोत संकलनको सीमाअन्तर्गत १० प्रतिशत निक्षेप र १५ प्रतिशत ऋणको व्यवस्थालाई सन्तुलित बनाउन, सदस्य भएको तीन महिनाभित्र कारोबार गर्न सकिने व्यवस्था लागू गर्न माग गरेको छ । साथै, सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न ल्याइएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका कतिपय प्रावधान परिमार्जन गर्न सुझाव पेश गरेको छ ।

छलफलमा पूर्वमन्त्री एवं महासंघका पूर्वअध्यक्ष केशव बडाल, नेकपा (एमाले) को केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागका प्रमुख खगराज अधिकारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मा लगायत सहभागी थिए । प्रधानमन्त्री ओलीले सहकारी क्षेत्रको सहज सञ्चालन र व्यवस्थापनका लागि कानुन, नीति र निर्देशिका निर्माणमा सरकारले सहजीकरण गर्ने विश्वास दिलाएका छन् ।