२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानुनमन्त्रीको न्यायपालिकामाथि हस्तक्षेपप्रति निजामती कर्मचारी संगठनको गम्भीर आपत्ति

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्यायपालिकामाथि असंवैधानिक हस्तक्षेप गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। मंगलबार जारी विज्ञप्तिमा संगठनले मन्त्री चौरसियाको कार्यशैलीले स्वतन्त्र न्यायपालिका र लोकतान्त्रिक शासन प्रणालीमाथि खतरा उत्पन्न भएको उल्लेख गरेको छ।

विज्ञप्तिअनुसार, मन्त्री चौरसियाले अदालतमा विचाराधीन मुद्दाहरूमा प्रभाव पार्ने नियतले न्यायाधीशहरूलाई बारम्बार फोन गर्ने, मुद्दाको सुनुवाइ तारिख र प्राथमिकतामा अनावश्यक चासो देखाउने, न्यायाधीशको सरुवा र पदस्थापनमा व्यक्तिगत स्वार्थ लाद्ने तथा फैसला प्रक्रियामा प्रत्यक्ष र परोक्ष हस्तक्षेप गर्ने प्रयास गरेको पाइएको छ। यस्ता कार्यले संविधानले प्रत्याभूत गरेको शक्ति पृथकीकरणको सिद्धान्त र कानुनी शासनको अवधारणालाई चुनौती दिएको संगठनको ठहर छ।

संगठनले मन्त्रीको यस्तो व्यवहारले न्यायाधीश र न्यायिक सेवाका कर्मचारीहरूमा भय, असुरक्षा र पेशागत नैतिक संकट उत्पन्न गरेको बताएको छ। मन्त्रीको कार्यलाई संविधान, कानुनी शासन र स्वतन्त्र न्यायपालिकाविरुद्धको खतरनाक कदमका रूपमा चित्रण गर्दै संगठनले यसले समग्र लोकतान्त्रिक प्रणालीमाथि नै प्रश्न उठाएको जनाएको छ।

संगठनले न्यायपालिकामाथिको हस्तक्षेपको निष्पक्ष र गहिरो छानबिन गर्न माग गरेको छ। मन्त्रीको कल डिटेल रेकर्डलगायत प्रमाणहरूको विश्लेषण गरी दोषी ठहरिए संवैधानिक र कानुनी कारबाही अघि बढाउनुपर्ने संगठनको माग छ। साथै, संवेदनशील जिम्मेवारीमा रहने पदाधिकारीहरूका लागि कडा आचारसंहिता बनाई त्यसको कठोर पालना सुनिश्चित गर्नुपर्ने माग गरिएको छ। संगठनले सर्वोच्च अदालतले न्यायिक गरिमा र स्वतन्त्रताको संरक्षणमा संस्थागत धारणा व्यक्त गर्नुपर्ने र सबै राजनीतिक दल तथा नेताहरूले यस्ता कार्यको सार्वजनिक प्रतिवाद गर्दै संस्थागत मर्यादा कायम गर्न प्रतिबद्धता जनाउनुपर्ने माग गरेको छ।

संगठनले स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको संरक्षणका लागि सबै न्यायप्रेमी जनसमुदायसँग ऐक्यबद्धता जनाउँदै निरन्तर खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।