२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद थानीले भने-‘प्रहरीमा राजनीतिक हस्तक्षेपले ‘चेन अफ कमान्ड’ प्रभावित भयो’ 

अ+ अ-

काठमाडौँ । सत्तारुढ काँग्रेसका सांसद हृदयराम थानीले नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप हुँदा नेतृत्व प्रणाली प्रभावित भएको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद थानीले नेपाल प्रहरीमा पनि नेपाली सेनामा जस्तै नेतृत्वको स्वाभाविक दाबेदार हुने नीति निर्माण गर्नुपर्ने प्रस्ताव गरे ।

राज्यव्यवस्था समितिको बुधबारको बैठकमा ‘नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा प्रहरीमा भइरहेको राजनीतिक हस्तक्षेपले चिन्ताको अवस्था सिर्जना गरेको थानीको भनाइ थियो । विगतमा प्रहरी नेतृत्वमा गरिएका विवादास्पद निर्णयहरू उल्लेख गर्दै उनले प्रहरी संगठनको ‘चेन अफ कमान्ड’ लाई नै कमजोर बनाउने कार्य दोहोर्‍याउन नहुने बताए ।

कानुनमै व्यवस्था गरेर प्रहरी संगठनभित्र राजनीतिक हस्तक्षेप नहुने व्यवस्था गर्नुपर्ने सांसद थानीको प्रस्ताव थियो ।

‘हामीले प्रहरीमाथि धेरै राजनीतिकरण गर्दै आइरहेका छौँ । नेपाल प्रहरीको प्रणालीलाई विभिन्न तरिकाले भत्काउने काम हामी सबै लागेर बारम्बार गरिरहेको अवस्था छ । ३२ वर्षे सेवा अवधिमा ३० वर्ष बनाएर आइजिपीलाई हटाउने काम गर्‍यौँ, ३६ दिनमै प्रहरी महानिरीक्षकलाई अन्यत्र सरुवा गरेर काम गर्‍यौँ,’थानीले भने,’कनिष्ठलाई एक महिनाअघि एआईजी बनाएर आइजिपी बनाएको इतिहास पनि हामीसँग छ । कहिले हामी एक नम्बरलाई नबनाएर ३ र २ नम्बरकोलाई बनाउँदै विवाद अदालतसम्म पुर्‍याएको इतिहास पनि छ । यस्तो परिस्थितिमा नेपाल प्रहरीले कसरी काम गरिरहेको होला भन्नेमा गृहमन्त्रीदेखि सबैको ध्यान चाहोस् । यसरी कमान्ड एन्ड कन्ट्रोलमा चल्नुपर्ने संगठनलाई राजनीतिभित्र राखेर हामीले काम गर्दा के अवस्था आउँला रु त्यसैले अहिलेको अवस्थामा चेन अफ कमान्ड प्रभावित भएको अवस्था छ ।’

राजनीतिक हस्तक्षेप लगायतले नेपाल प्रहरीलाई कमजोर बनाइएको बताउँदै उनले कानुनी प्रावधान नै कडा पारेर जानुपर्ने बताए ।