२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री खड्काले भने-‘ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता’ 

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता भएको बताएका छन् ।

चीनको जेझियाङ प्रान्तको निङ्बो शहरमा आज आयोजित शंघाई सहयोग संगठन (एससिओ) को सदस्य राष्ट्रको पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकको ‘उच्च-गुणस्तरीय ऊर्जा विकासका लागि नीति नवप्रवर्तन’सम्बन्धी सत्रमा आफ्नो धारणा राख्दै मन्त्री खड्काले ऊर्जा सुरक्षालाई आधुनिक जीवनको आधारभूत आवश्यकता भन्दै क्षेत्रीय सहकार्य, लगानी र नीतिगत नवप्रवर्तनको खाँचो रहेको औँल्याए । 

ऊर्जा आजका लागि विकल्प होइन, जीवनका लागि अक्सिजन जत्तिकै आवश्यक विषय भएको उल्लेख गरेका मन्त्री खड्काको सचिवालयले जनाएको छ ।

मन्त्री खड्काले नेपालले पछिल्लो पाँच वर्षमा विद्युत् उत्पादन दोब्बर बनाएको, करिब ९९ प्रतिशत जनतालाई विद्युतको पहुँचमा पुर्‍याएको र हाल ९५ प्रतिशत भन्दा बढी विद्युत् उत्पादन नवीकरणीय ऊर्जाको स्रोतबाट गरिरहेको उल्लेख गरे ।

भारतसँग १३२ केभी तथा सोभन्दा कम भोल्टेज स्तरका कयौँ प्रसारण लाइनसँगै ४०० केभी ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइन सञ्चालनमा रहेको मन्त्री खड्काले बताए । 

यस्तै, बंगलादेशसँग भारतमार्फत विद्युत् निर्यातको ऐतिहासिक सम्झौता सम्पन्न भएको र चीनसँग रसुवागढी/चिलिमे-जिलोंग/केरुङ २२० केभी प्रसारण लाइन निर्माणको तयारी भइरहेको उनले बताए ।

ऊर्जा भविष्य सुरक्षित, समावेशी र हरित बनाउन दीर्घकालीन विद्युत् व्यापारलाई प्रोत्साहन गर्ने क्षेत्रीय नीतिगत समन्वय, प्रसारण पूर्वाधारमा क्षेत्रीय लगानी तथा साझेदारी र पारदर्शी मूल्य निर्धारण तथा हरित वित्त प्रणालीद्वारा ऊर्जा बजारको विकास आवश्यक रहेको मन्त्री खड्काले बताए ।

नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र सोमध्ये १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य लिएको उहाँले बताए । 

यस्तै, सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन, सबैका लागि स्वच्छ खाना पकाउने ऊर्जा र विद्युतीय यातायात तथा उद्योग प्रणालीको विकास गर्ने प्रतिबद्धता मन्त्री खड्काले व्यक्त गरे ।