काठमाडौँ । भोटेकोशी गाउँपालिका-५ छ्याङ्गदीस्थित जंगलमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मादक पदार्थ र गाँजा सेवन गरी ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ रहेका छन् ।
निमा बालिकाको काकाका छोरा हुन् भने सबैजना एउटै टोलका बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्न पाँचै जनालाई प्रहरीले शुक्रबार पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।







