२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘काँटा लगा’ बाट चर्चित अभिनेत्री शेफालीको निधन

अ+ अ-

काठमाडौँ। रिमिक्स गीत ‘काँटा लगा’ बाट चर्चित भएकी अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ। 

भारतीय संचारमाध्यमका अनुसार ४२ वर्षको उमेरमा हृदयघातको कारण उनको शुक्रबार राती निधन भएको हो । 

शेफालीलाई उनका पति तथा अभिनेता पराग त्यागी र अन्य तीन जनाले शुक्रबार राति अचेत अवस्थामा मुम्बईको अन्धेरीस्थित बेलेभ्यू अस्पताल लगेका थिए, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरेका थिए।

शेफालीले सन् २००२ मा रिलिज भएको रिमिक्स गीत ‘काँटा लगा’ मा आफ्नो ग्ल्यामरस लुक्स र नृत्यले दर्शकहरूको मन जितेकी थिइन्। यो गीतले उनलाई ‘काँटा लगा गर्ल’ को उपनाम दिलाएको थियो र भारतीय पप संस्कृतिमा नयाँ युगको सुरुवात गरेको थियो। उनले सलमान खान र अक्षय कुमार अभिनीत फिल्म ‘मुझसे शादी करोगी’ मा सानो तर यादगार भूमिका निभाएकी थिइन्।

साथै, उनले ‘नच बलिए ५’ र ‘बिग बोस १३’ जस्ता रियालिटी शोहरूमा पनि सहभागिता जनाएकी थिइन्, जहाँ उनको जीवन्त व्यक्तित्व र मायालु व्यवहारले दर्शकहरूको मन जितेको थियो।

शेफालीको जन्म सन् १९८२ मा गुजरातको अहमदाबादमा भएको थियो। उनले सरदार पटेल कलेज अफ इन्जिनियरिङबाट सूचना प्रविधिमा मास्टर्स डिग्री हासिल गरेकी थिइन्। उनले सन् २००४ मा मिट ब्रदर्सका संगीतकार हरमित सिंहसँग विवाह गरेकी थिइन्, तर सन् २००९ मा उनीहरूको सम्बन्ध विच्छेद भएको थियो। पछि, सन् २०१५ मा उनले अभिनेता पराग त्यागीसँग विवाह गरेकी थिइन्।