काठमाडौँ । अमेरिकाले फेरि तीन जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बसोबास गरेको आरोपमा उनीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो।
निष्कासनमा पर्नेमा वली, डाँगी र केसी थरका एक–एक जना छन्। स्रोतका अनुसार दुई जनालाई असार १२ गते र एक जनालाई असार ११ गते नेपाल फर्काइएको हो। उनीहरूलाई एयर इन्डियाको जहाजबाट भारत हुँदै काठमाडौँ फर्काएको स्रोतको भनाइ छ।







