२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणकाजी श्रेष्ठले भने-‘कुलिङ पिरियडसम्बन्धी विधेयकमा हेरफेर सुनियोजित अपराध हो’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय निजामती सेवा विधेयकमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित प्रावधानहरू हेरफेर गरी प्रतिनिधि सभामा प्रस्तुत गरिएको घटनालाई ‘सुनियोजित अपराध’ को संज्ञा दिएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै श्रेष्ठले यस घटनाले लोकतन्त्र, संसद र सांसदहरूको अपमान भएको बताएका छन्। ‘हद भयो। सीमा पार गर्‍यो । लोकतन्त्र र जनप्रतिनिधि संस्था संसदको योभन्दा अवमूल्यन, अपमान र उपहास अरु के हुन्छ ?,’ श्रेष्ठले प्रश्न गरेका छन् ।

विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी विषयमा गरिएको हेरफेरलाई लिएर उनी आक्रोशित देखिएका छन्। ‘लामो समयसम्म राष्ट्रिय रूपमै बहस भई समितिले पारित गरेको कुलिङ पिरियडको विषयमा नै यसो गरिएकाले यसलाई सामान्य रूपमा लिनै मिल्दैन,’ उनले लेखेका छन्, ‘यो कमजोरी होइन, सुनियोजित अपराध हो।’

श्रेष्ठले यस्तो ‘दुष्कार्य’ गर्ने जो कोही भए पनि कडा भन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन्। ‘राज्य व्यवस्था समितिले पारित गरेको संघीय निजामती विधेयकलाई प्रतिनिधिसभामा हेरफेर गरेर पेस गर्ने दुष्कार्यको जिम्मेवारहरू माथि जो सुकै भए पनि कडा भन्दा कडा कारबाही हुनुपर्दछ,’ उनको माग छ ।