२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इँटाभट्टामा काम गर्दै ४ जिपिए ल्याएकी गोमालाई मीनबहादुरले एमबीबीएससम्म पढाइदिने

अ+ अ-

काठमाडौँ । इँटाभट्टाको खलामा काम गर्दै एसइईमा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएससम्मको पढाइदिने भएका छन् ।

बिहीबार गोमालाई भाटभटेनीस्थित कार्यालयमा बोलाएर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले एमबीबीएस पढाउने वाचासहित एक लाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मान पत्र दिएका छन्।

गोमालाई सेन्ट जेभियर्स कलेज, माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि गुरुङले आफ्नै खर्चमा गराउने प्रतिबद्धता जनाएका छन् । यसपछि एमबीबीएससम्मको अध्ययन खर्च समेत व्यहोर्ने वचन दिएका छन् ।

यसअघि पनि गुरुङले विभिन्न विकट जिल्लाका धेरै विद्यार्थीहरूलाई पाटन विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइरहेका छन् । त्यही सूचीमा गोमा पनि थपिएकी हुन् ।

गोमाले चाँगुनारायण नगरपालिका-८ स्थित सुडालको एक इँटाभट्टामा काम गर्दै आएकी थिइन् । उनी बिहान बेलुका इँटा सुकाउने काम थिइन् । कामको साथमा स्कुल पनि पढिरहेकी गोमा ४ जिपिए ल्याएपछि चर्चामा आएकी थिइन् ।

उनले आफूलाई डाक्टर बन्ने चाहना भएको, तर आर्थिक अवस्था कमजोर रहेको समाचार बाहिरिएपछि गुरुङ दम्पतीले सहयोग गरेका हुन् ।