२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकीय क्षेत्र हात्तीढुङ्गामा थपिँदै पूर्वाधार

अ+ अ-

बागलुङ। बागलुङको जैमिनी नगरपालिकाले पर्यटकीय क्षेत्र हात्तीढुङ्गाको प्रवर्द्धन गर्न थालेको छ । एक दशक अगाडिसम्म गुमनाम रहेको हात्तीढुङ्गामा पछिल्लो समय धार्मिक पर्यटकको आकर्षण बढ्दै गएपछि नगरपालिकाले पूर्वाधार निर्माणमा जोड दिएको छ । 

जैमिनी–९ पैयुँथन्थापमा पर्ने उक्त हात्तीढुङ्गाका स्थानीय बुढापाकाका अनुसार विसं २००६ तिर फेला परेको थियो । ठुलो ढुङ्गामा हात्तीको जस्तो सुँड छ । उक्त ढुङ्गालाई विसं २०१२ देखि गाउँलेले गणेशको रूपमा पूजा गर्दै आए पनि बाहिरबाट खास्सै भक्तजन जाँदैनथे । अहिले प्रचारप्रसार हुन थालेपछि जैमिनी र आसपासका क्षेत्रबाट पर्यटक पुग्ने गरेका छन् । नगरपालिकाले हात्तीढुङ्गा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्दै आएको छ । यस वर्ष पनि संघीय सहरी विकास मन्त्रालयबाट विनियोजित रु एक करोड लागतमा सडक लगायतका पूर्वाधार निर्माण गरिएको छ ।

नगर उपप्रमुख हरिहर शर्माले रु ५० लाखमा बारीखेतदेखि हात्तीढुङ्गा जोड्ने सडक निर्माण गरिएको र रु ५० लाखमा मन्दिर, खेलमैदान, सत्तल लगायतका पूर्वाधार निर्माण गरेको उनको भनाइ छ । यसभन्दा अगाडि खानेपानी र शौचालय लगायतका संरचना बनाइसकेको शर्माले बताए । स्थानीयले पहिले सिद्धी विनायक गणेश मन्दिर गरेर पूजाआजा गर्दै आएको भन्दै सोही स्थानमा शिव मन्दिर निर्माण गरिएको शर्मा बताउँछन् ।

उपप्रमुख शर्माले भने, “हात्तीढुङ्गा जैमिनीको प्रमुख पर्यटकीय गन्तव्य हो, यसलाई पर्यटकीय र धार्मिक हिसाबले विकास गर्दै गइरहेका छौँ, पछिल्लो समय यहाँ आउने भक्तजनको सङ्ख्या पनि बढ्दै गएको छ, यहाँ नागरिकको पनि ठुलो लगानी छ, राज्यका विभिन्न निकायबाट हालसम्म रु एक करोड ४० लाख बढी लगानी भएको छ, यसको प्रवर्द्धनका लागि नगरपालिकाले पनि निरन्तर बजेट विनियोजन गरेर काम गर्दै आएको छ ।  

स्थानीय तुलबहादुर थापा यहाँ पूजा गरेपछि मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको हुँदा पछिल्लो समय धार्मिक पर्यटक बढ्न थालेको बताए । खास गरी यहाँ शिवरात्रिमा ठुलो पूजाआजा हुने हुँदा जैमिनीसहित, बरेङ, बागलुङ, गुल्मी लगायतका ठाउँबाट भक्तजन आउने गरेको उनको भनाइ छ । पहिले गाउँका स्थानीयले मात्रै पूजाआजा गर्ने हात्तीढुङ्गामा अहिले टाढा–टाढाबाट भक्तजन आउन थालेपछि चहलपहल बढ्ने गरेको थापा बताउँछन् । यहाँसम्म आइपुग्ने सडकलाई थप व्यवस्थित बनाउन जरुरी रहेको उनको भनाइ छ ।